काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकूमा अब कुष्ठरोगको पनि उपचार हुने भएको छ।
देशको एक मात्र सरुवा रोग अस्पताल टेकूमा भएको पूर्वाधार र जनशक्तिले नै कुष्ठरोगको सेवा दिरहेको र विस्तारै जनशक्ति थप्ने तयारी पनि रहेको रहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए।
हाल टेकू अस्पतालमा दश जना कुष्ठरोगका बिरामीले उपचार गराइरहेका छन्। यो भन्दा पहिला ललितपुरको टीकाभैरवस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचार हुँदै आएको थियो।
इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको कुष्ठरोग तथा अपाङ्गगता व्यवस्थापन शाखाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २ हजार १७३ जना कुष्ठरोगका बिरामी थपिएका छन्। ११ जिल्लाहरूमा कुष्ठ रोग निवारण हुन बाँकी रहेको शाखाले जनाएको छ।
सबै भन्दा पहिला कुष्ठरोग पत्ता लगाउनु नै चुनौतीपूर्ण देखिएको शाखाका प्रमुख डा. रवीन्द्र बास्कोटाले बताए।
Facebook Comment
Comment