आजको मौसम – पूर्वी क्षेत्रमा केन्द्रित हुन थाल्यो मनसुनी वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश–१ र मधेश प्रदेशका धेरै क्षेत्रमा वर्षाको आकलन छ।

नेपालभ्युज

आजको मौसम – पूर्वी क्षेत्रमा केन्द्रित हुन थाल्यो मनसुनी वर्षा

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश–१ र मधेश प्रदेशका धेरै क्षेत्रमा वर्षाको आकलन छ।

त्यस्तै, बागमती, गण्डकी र कर्णालीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी प्रदेश र कर्णालीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति प्रदेश १ र मधेशका धेरै स्थानमा वर्षा हुनेछ भने बागमती, गण्डकी र कर्णालीलगायत अन्य प्रदेशका पहाडी भूभागमा पनि वर्षा हुनसक्नेछ। योबिचमा प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
सोमबार प्रदेश १ र बागमतीका केही स्थान तथा मधेश, गण्डकीमा वर्षाको सम्भावना छ।

लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

राति प्रदेश १ र मधेशका स्थान, बागमती, गण्डकी र कर्णालीका लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ। बागमतीका एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved