कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध

कञ्चनपुरको जिससमा अन्य दलले उम्मेदवारी दिएका थिएनन्।

नेपालभ्युज

कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध

कञ्चनपुर। जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन्।

कञ्चनपुरको जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो।

जिसस उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध चयन भएकी छन्।

जिसस सदस्यहरुमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लिला चौधरी, चन्द्रावती थापा, विमलाकुमारी सार्की र अन्जुदेवी राना निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कञ्चनपुरको जिससमा अन्य दलले उम्मेदवारी दिएका थिएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved