डाबर वाटिका मिस नेपाल २०२२ का प्रतियोगी डाबर नेपाल नर्सरी भ्रमणमा

नेपालभ्युज

डाबर वाटिका मिस नेपाल २०२२ का प्रतियोगी डाबर नेपाल नर्सरी भ्रमणमा

काठमाडौं । डाबर वाटिका मिस नेपाल २०२२ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरू आज बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेका छन्।

यस भ्रमणमा प्रतियोगीहरूले विभित्र वातावरणीय समसस्याहरू बुझ्न पाए र साथै यस समस्यालाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे पनि बुझ्ने अवसर पाएका छन्।

डाबर वाटिका मिस नेपालका सहभागीहरूले यहाँको विश्वस्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरेका छन्। डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडिबुटीको संरक्षण गर्दै आएका र यी जडिबुटी डाबरका विभित्र उत्पादनहरूमा पनि प्रयोग गरेका छन्।

हिजो विश्व वातावरण दिवसको अवसरमा प्रतियोगीहरूले डाबर नर्सरीको परीसरमा वृक्षरोपण गरी मनाएका थिए।

डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, “प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि युवाहरूलाई परिचय गराउन पाएकोमा हामीलाई असाध्यै गर्व र खुसी लागेको छ। डाबरले आयुर्वेदमा जरा गाडेको एक शताब्दीभन्दा बढी भैसकेको छ र यसको ज्ञानबाट विश्वभर जडीबुटी, स्वास्थ्य, सौन्दर्यको हेरचाह र आयुर्वेदिक उत्पादनहरूको विस्तृत श्रृंखलाको उत्पादन र बजारीकरण गरेको छ। आजका युवाहरू भोलिका कर्णधार हुन्। हामीलाई विश्वास छ कि प्रतियोगीहरूलाई यस प्रकारको एक्सपोजरबाट उनीहरूले वातावरण र समाजमा सकारात्मक रुपमा योगदान गर्न सक्षम हुनेछन्।

डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडिबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै इको प्रणालीको सँरक्षणमा कम्पनीको योगदान रहेकोमा जोड दिए।

डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्वस्तरीय हरितगृह रहेको छ जसले नेपालको ३० वटा जिल्लामा संकटग्रस्त प्रजातिको प्रवद्र्घन र खेती गर्दछ र ६० वटा सहकारी मार्फत जडीबुटी खेती गरी किसानहरूको जीविकोपार्जनलाई वैकल्पिक श्रोतको रुपान्तरण दिएको छ।

द हिडन त्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले प्रतियोगीहरूलाई यो अवसर प्रदान गरेकोमा डाबर नेपाललाई धन्यवाद दिँदै भने, “प्रतियोगीहरूले डाबर नेपालले समाजमा पुर्‍याइरहेको संरक्षण र योगदानबारे जात्र यो ठूलो अवसर पाएका छन्।”

उपभोक्ताहरूलाई उत्कृष्ट प्राकृतिक कपाल हेरचाह समाधानहरू उपलब्ध गराउने डाबरको निरन्तर प्रतिबद्धताको परिणामस्वरुप, डाबर नेपालले हालै नेपालमा डाबर वाटिका नेचुरल्स स्याम्पु लन्च गरेको छ।

डाबर वाटिका नेचुरल्स स्याम्पु यस वर्षको मिस नेपाल प्रतियोगिताको टाइटल स्पन्सर हो। डाबर वाटिका मिस नेपाल २०२२ को ग्राण्ड फिनाले जुन १८, २०२२ मा गोडावरीस्थित सनराइज अडिटोरियममा हुन गैरहेको छ र कान्तिपुर टीभी एचडीमा प्रत्यक्ष प्रसारण हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved