जिसस कालिकोटको प्रमुखमा शाही निर्वाचित

सदस्यमा माओवादी केन्द्रका ४ जना, नेपाली कांग्रेसका २ जना र १ जना एकीकृत समाजवादीका विजयी भएका छन्।

नेपालभ्युज

जिसस कालिकोटको प्रमुखमा शाही निर्वाचित

सुर्खेत। जिल्ला समन्वय समिति कालीकोटको प्रमुखमा धनजित शाही विजयी भएका छन्। आज भएको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका शाही विजयी भए।

उपप्रमुखमा माओवादी केन्द्रकै मिना रावत (विश्वकर्मा) विजयी भएकी छन्। जिल्ला समन्वय समितिको निर्वाचनका लागि कालीकोटमा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरेका थिए।

जिल्ला समन्वय समितिमा १८ मत रहेको कालीकोटमा गठबन्धनका उम्मेदवारहरुले १५ मत पाएको र एमालेका उम्मेदवारहरुले २ मत पाएको १ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै, सदस्यमा माओवादी केन्द्रका ४ जना, नेपाली कांग्रेसका २ जना र १ जना एकीकृत समाजवादीका विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved