रोहितको शतकमा नेपाल विजयी

रोहित पौडेलको शतक र सोमपाल कामीको सानदार बलिङको मद्दतले नेपालले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्स्लाई २९ रनले पराजित गरेको छ।

नेपालभ्युज

रोहितको शतकमा नेपाल विजयी

काठमाडौं। रोहित पौडेलको शतक र सोमपाल कामीको सानदार बलिङको मद्दतले नेपालले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्स्लाई २९ रनले पराजित गरेको छ। अमेरिकाको ह्युस्टनको स्थानीय टिमसँग खेलिएको अभ्यास खेलमा कार्यवाहक कप्तानको जिम्मेवारी पाएका रोहितले शतकिय पारी खेले भने सोमपालले पाँच विकेट लिएका थिए।

आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिज खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम हाल अमेरिका भ्रमणमा छ। गएराती खेलिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल अन्तिम पाँच बल खेल्नु अगाडी २५० रन जोड्दै अल आउट भयो।

नेपालका लागि यो खेलमा सन्दीपको ठाउँमा कप्तानीको भूमिका समेत निभाएका रोहितले आकर्षक ब्याटिङ गर्दै ९० बलमा पाँच चौका र चार छक्कको मद्दतले १०१ रनको योगदान दिएका  थिए। त्यसैगरी आरिफ शेखले ४१ रन जोडे। सुरुआत राम्रो गर्न नसकेको नेपालको लागि पाँचौँ विकेटका रुपमा यी दुईले १०८ रनको साझेदारी गरेका थिए।


जवाफमा सोमपालले पाँच विकेट झारेपछि १५१ रनको लक्ष्य पछ्याएको हरिकेन्स् ४४ औँ ओभरमा २२१ रनमा अल आउट भयो। हरिकेन्स्का लागि निम्बालकरले सर्वाधिक ९९ रन जोडेका थिए। अन्तिम विकेटको रुपमा सोमपाल कामीले निम्बालकरलाई आउट गरेपछि उनले शतक बनाउन पाएनन्।

सोमपालले ८.३ ओभरमा मात्र ३८ रन खर्चेर पाँच विकेट लिएका थिए। त्यसैगरी नेपालका लागि सागर ढकाल र किशोर महतोले थप दुई–दुई विकेट हात पारेका थिए। त्रिकोणात्मक एकदिवसिय सिरिज अघि नेपाली टिमले अमेरिकामा दुई अभ्यास खेल खेलेको हो। पहिलो खेलमा नेपाली टिम नेपाली अल स्टार टिमसँग चार विकेटले पराजित भएको थियो।
अब नेपालले सिरिजको पहिलो खेलमा आगामी बिहिबार ओमानको प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved