राप्रपा खोटाङका नेता श्रेष्ठको निधन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता जीवनकुमार श्रेष्ठको निधन भएको छ।

नेपालभ्युज

राप्रपा खोटाङका नेता श्रेष्ठको निधन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता जीवनकुमार श्रेष्ठको निधन भएको छ।

खोटाङका पूर्व जिल्ला अध्यक्षसमेत रहेका श्रेष्ठ सवारी दुर्घटनामा परी घाइते भएका थिए। ५८ वर्षीय घाइते श्रेष्ठको काठमाडौंको न्युरो अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो।

श्रेष्ठ १५ वर्षभन्दा लामो समयसम्म खोटाङ जिल्लाको राप्रपा अध्यक्ष रहेका थिए।

उनको पशुपतिमा आजै अन्तिम संस्कार गरिने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved