महामन्त्री शर्माले भने- गठबन्धनकै कारण माओवादी र समाजवादीले केही सिट बढी जिते

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केही बढी सिटमा जीतेको बताएका छन्।

नेपालभ्युज

महामन्त्री शर्माले भने- गठबन्धनकै कारण माओवादी र समाजवादीले केही सिट बढी जिते
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केही बढी सिटमा जीतेको बताएका छन्।

शुक्रबार भक्तपुरमा स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट विजयीहरूलाई बधाई तथा सम्मान कार्यक्रममा शर्माले चुनावमा तालमेल प्रभावकारी भएको भन्दै आशङ्का नगर्न आग्रह गरे।

उनले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केही सिटमा जीत हासिल गरेको तर्क गरे। उनले सबै स्थानीय तहमध्ये केहीमा मात्र तालमेल भएको भन्दै तालमेलमा हल्ला धेरै भएको जिकिर गरे।

उनले मुलुकको विकासका लागि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने भन्दै पाँच वर्षको कार्यकालको सही रूपमा उपयोग गर्न पनि निर्देशन दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved