एमाले सरकार परिवर्तनको खेलमा छैन: महासचिव पोखरेल

नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘प्रधानमन्त्रीको कार्ड’ फ्याँकेको चर्चा भइरहँदा एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन्।

नेपालभ्युज

एमाले सरकार परिवर्तनको खेलमा छैन: महासचिव पोखरेल

काठमाडौं। नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘प्रधानमन्त्रीको कार्ड’ फ्याँकेको चर्चा भइरहँदा एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन्।

सत्ता गठबन्धन भत्काउन एमालेले ‘प्रचण्ड’ र नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेको चर्चा चलिरहँदा पोखरेलले एमाले सरकार परिवर्तनको खेलमा नभएको बताएका हुन्।

उनले एमाले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुट्दै रहेको बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन। विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुट्दै छ।’’

पोखरेलले त्रिभुवन विश्वविद्यालयमा सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले तालाबन्दी गरेको विषयमा पनि उल्लेख गरेका छन्। फरक स्ट्याटस पोष्ट गर्दै उनले भनेका छन्, ‘‘असान्दर्भिक माग राखेर सत्तापक्षका विद्यार्थी सङ्गठनले विश्वविद्यालयमा तालाबन्दी गरेको लामो समय भयो। सरकार थाह नपाए झै चिर निद्रामा छ। झकझक्याऊ।’’

नेविसंघले ७ माघदेखि लगाएको ताला बुधबार नेकपा क्रान्तिकारीले फुटाएको थियो भने नेविसंघले बिहीबार फेरि तालाबन्दी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved