आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान गर्न मौसम विभागले सहजीकरण गर्ने

जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न सहजीकरण गर्ने जनाएको छ।

नेपालभ्युज

आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान गर्न मौसम विभागले सहजीकरण गर्ने

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न सहजीकरण गर्ने जनाएको छ। नागरिक उड्डयन प्राधिकरणको आग्रहलाई स्वीकार आवश्यक समन्वय गर्ने विभागले जनाएको हो।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न आग्रह गरेको निर्णयलाई स्वीकार आवश्यक समन्वय र सहजीकरण गर्ने विभागको भनाइ छ।

प्राधिकरणले जहाज उडान हुने र अवतरण हुने विमानस्थलको मौसम अनुकूल नभएसम्म आन्तरिक उडानका जहाजलाई उडान अनुमति नदिने निर्णय गरेको थियो। यो निर्णय एयरलाइन्सलाई लागू गर्दै मौसमी सूचना सहजीकरण गरिदिन जल तथा मौसम विज्ञान विभागलाई आग्रह गरिएको थियो।

प्राधिकरणको आग्रहबमोजिम स्रोतसाधन र जनशक्तिले भ्याएसम्म सहजीकरण गर्न विभाग तयार रहेको विभागका सूचना अधिकारी विभूति पोखरेलले बताए। उनले भने, “हामी सेवा सहजीकरणकै लागि बसेका हौँ, हाम्रो क्षमता र प्रविधिले भ्याएसम्म मौसमी सूचना व्यवस्थापन गर्छौँ हवाई सुरक्षाका लागि हामी पनि उत्तिकै गम्भीर छौँ, प्रविधि र जनशक्तिले भ्याएसम्म मौसमी सूचना दिन प्रतिबद्ध छौँ।”

विभागको मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवाअन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved