जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ

जबरजस्ती करणी अभियोगमा बर्दिया र झापाबाट दुई जना पक्राउ परेका छन्।

नेपालभ्युज

जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ

काठमाडौं। जबरजस्ती करणी अभियोगमा बर्दिया र झापाबाट दुई जना पक्राउ परेका छन्।

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका–३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

कामीले ती बालिकालाई माछा मार्न गएको अवस्थामा सोमबार बिहान जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ।

यस्तै पाल्पामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका–५ कैलाशनगर बस्ने ४१ वर्षीय वीर बहादुर पौडेल क्षेत्री बुधबार पक्राउ परेका छन्। सोही गाउँपालिका– ३ सिद्धबाबास्थित पावर हाउसको प्रतिक्षालय नजिक क्षेत्रीले ती किशोरीलाई मंगलबार साँझ जबरजस्ती करणी गरेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ।

प्रहरीका अनुसार पक्राउ परेका दुवैमाथि अनुसन्धान शुरु गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved