५२ मध्ये ४१ सिट जितेको एमाले एक्लैले बनायो चौदण्डीगढीमा कार्यपालिका

नेपालभ्युज

५२ मध्ये ४१ सिट जितेको एमाले एक्लैले बनायो चौदण्डीगढीमा कार्यपालिका

त्रियुगा। उदयपुरको चौदण्डीगढी नगरपालिकामा गत ३० वैशाख गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचनसमेत सम्पन्न भएको छ।

स्थानीय तह निर्वाचनअन्तर्गत चौदण्डीगढी नगरपालिकामा ५२ सिटमध्ये ४१ सिट जितेको एमालेले निर्विरोध कार्यपालिका सदस्य गठन गरेको छ।

नगरको कार्यपालिका सदस्य निर्वाचनको लागि १५ जेठमा मनोनयन दर्ता र १७ गते चुनावको मिति तोकिएकोमा निर्धारित समयमा एमालेका उमेदवारको मात्र मनोनयन दर्ता भएपछि उनीहरू निर्विरोध भएका हुन्। मंगलबार चौदण्डीगढी नगरपालिकामा एक कार्यक्रम आयोजना गरेर निर्विरोध भएका कार्यपालिका सदस्यको नाम निर्वाचन अधिकृत महेश दाहालले सार्वजनिक गरेका थिए।

चौदण्डीगढी नगरपालिकाको नगर कार्यपालिका सदस्यमा निर्विरोध चयन हुनेहरूमा दलित वा अल्पसङ्ख्यक सदस्य पदमा उदय राज भुजेल, माधव सार्की र जय कुमार राई तेस्तै महिला सदस्य पदमा स्मृती तोलाङ्गी सुयल, तिलावती राई, शुस्मा राई, जानकी देवी चौधरी र शान्ती देवी चौधरी रहेका छन्।

कार्यपालिकाको सदस्य निर्वाचनको मनोनयन दर्ताको समयमा उनिहरुको मात्र उमेदवारी दर्ता भए पस्चात स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो।

निर्वाचित भएका सम्पूर्ण नगर कार्यपालिका सदस्यहरुलाई निर्वाचन आयोगले प्रमाण पत्र समेत आजै हस्तान्त्रण गरेको थियो भने नगर प्रमुख कालुमान लामाले उनीहरूलाई पद तथा गोपनियताको शपथ गराएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved