सिभिल अस्पतालमा बन्दै छ १६ बेडको सुविधासम्पन्न मोड्युलर आईसीयु

नेपालभ्युज

सिभिल अस्पतालमा बन्दै छ १६ बेडको सुविधासम्पन्न मोड्युलर आईसीयु

काठमाडौं। बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा १६ बेडको सुविधासमम्पन्न मोडुलर आईसीयु बन्ने भएको छ।

सिभिल अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलले ६ महीनाभित्र १६ बेडको सुविधा सम्पन्न मोड्युलर आईसीयु बनाउन लागिएको बताए।

“मोड्युलर आईसीयु भनेको एक विशेष खालको आईसीयु हो,” उनले भने “मेडिसिटी, ग्रान्डीजस्ता निजी अस्पतालको मोड्युलर आईसीयुमै राखे बापत ८० हजार देखि डेड लाखसम्म पैसा लिने गरे पनि हाम्रोमा पाँच देखि १५ हजारसम्म भन्दा बढी हुँदैन।”

त्यस्तै सिभिलमा आँखाको विशेषज्ञ सेवा सुरु, अस्पतालभित्रै बैकिङ काउन्टर, अनलाइन टिकेटिङ र वाटर एटीएम सञ्चालनमा ल्याइएको उनले बताए। अत्याधुनिक विशिष्टीकृत एमआरआई, इन्टरोस्कोपी, रेडियोथेरापी मेसिन खरीद प्रक्रियामा रहेको उनको भनाइ थियो।

हेमाटोलोजीको बिरामी सबैतिरबाट रिफर भएर सिभिल अस्पतालमै आउने भएकाले रेडियोथेरापी भवनमा चार तला थप गरेर ५० जना बिरामी भर्ना हुने क्षमता बनाइनेसमेत बताए। त्यस्तै ६-७ महिनापछि सर्वसाधारणले सिभिलमा रेडियोथेरापी सेवा पाउने जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved