रसियन तेल आयातमा ९० प्रतिशत कटौती गर्ने ईयूको तयारी

आगामी डिसेम्बरसम्ममा रूसबाट आयात हुने तेलको मात्रामा ९० प्रतिशतसम्म कटौती गर्न ईयूका नेताहरु सहमत भएका रोयटर्सले लेखेको छ।

नेपालभ्युज

रसियन तेल आयातमा ९० प्रतिशत कटौती गर्ने ईयूको तयारी

काठमाडौं। रूस–युक्रेन तनाव शुरु भएदेखि नै रूसले अमेरिका तथा युरोपियन युनियन (ईयू)को विभिन्न प्रतिबन्धहरु भोगिरहेको छ।

यसबीचमा ईयूका सदस्य राष्ट्रहरु रूसी तेल आयातमा थप प्रतिबन्ध लगाउन सहमत भएका छन्।

बेल्जियमको ब्रसेल्समा हिजो (सोमबार)देखि शुरु भएको दुई दिने बैठकको पहलिो दिन ईयूका नेताहरु रूसी तेल आयातमा ९० प्रतिशतसम्म कटौती गर्न सहमत भएका छन्।

आगामी डिसेम्बरसम्ममा रूसबाट आयात हुने तेलको मात्रामा ९० प्रतिशतसम्म कटौती गर्न ईयूका नेताहरु सहमत भएका रोयटर्सले लेखेको छ।

युक्रेनलाई सहयोग गर्ने ईयूको योजनामा यो एउटा मुख्य रणनीति हुने उनीहरुको बुझाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved