आजको मौसम- हावाहुरीसहित वर्षा हुने

देशका केही स्थानमा अहिले आंशिकदेखि सामान्य बदली छ। प्रदेश नम्बर–१ र मधेश प्रदेशमा पनि वर्षा भइरहेको छ। अरू भू–भागमा आंशिक बदली छ।

नेपालभ्युज

आजको मौसम- हावाहुरीसहित वर्षा हुने

काठमाडौं। देशका केही स्थानमा अहिले आंशिकदेखि सामान्य बदली छ। प्रदेश नम्बर–१ र मधेश प्रदेशमा पनि वर्षा भइरहेको छ। अरू भू–भागमा आंशिक बदली छ। प्रदेश–१ र मधेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

आज दिउँसो प्रदेश–१, मधेस, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकीका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन\चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति प्रदेश–१, मधेश, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मधेसका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा र प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन\चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका केही स्थानमा मेघ गर्जन\चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved