५० स्थानमा चार्जिङ स्टेशन स्थापना गरिने

नेपालभ्युज

५० स्थानमा चार्जिङ स्टेशन स्थापना गरिने

काठमाडौं। विद्युतीय सवारीसाधनको उपयोग बढाउन नेपाल विद्युत् प्राधिकरणले ५० स्थानमा चार्जिङ स्टेशन स्थापना गर्ने योजना बनाएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।

आज संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले पेट्रोलपम्प रहेका स्थानमा चार्जिङ स्टेसन स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताए।

विद्युतीय चुलो उपकरण तथा यातायातका साधन प्रयोग गरी थप विद्युत् खपत गर्न प्रेरित गरिने उनले बताए।

ठूला शहरहरूको यातायात सेवा र भान्छालाई क्रमशः विद्युतीय प्रणालीमा लाने उनले बताए। सार्वजनिक निकायले विद्युतीय सवारी साधन खरीद गर्नुपर्ने व्यवस्था मिलाइने र परम्परागत इँटाभट्टालाई विद्युतीय इँटाभट्टामा क्रमशः विस्थापित गर्दै लगिने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved