सम्पर्कविहीन भएको तारा एयरको जहाज खोज्न हेलिकप्टर पठाइयो, दुर्घटनाको आशंका

तारा एयरको हराएको विमान खोजीको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर पठाएको छ।

नेपालभ्युज

सम्पर्कविहीन भएको तारा एयरको जहाज खोज्न हेलिकप्टर पठाइयो, दुर्घटनाको आशंका
फाइल फोटो

काठमाडौं। तारा एयरको हराएको विमान खोजीको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर पठाएको छ। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएपछि खोजबीनको लागि पोखराबाट हेलिकप्टर पठाएको हो।

खराब मौसम भएका कारण हेलिकप्टर समेत जान कठिन भएको छ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलले जनाएको छ।

जहाजमा १९ जना यात्रु सवार रहेका तारा एयरका सुदर्शन बर्ताैलाले बताए। जहाज दुर्घटना भएको आशंका छ। प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved