आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

नेपालभ्युज

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं। आज पनि देशभर वर्षा हुने जल तथा मौसम विभागले बताएको छ। दिउँसो कर्णाली प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ का थोरै स्थानहरूमा र अन्य पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved