आजको मौसम- विभिन्न स्थानमा दिउँसो तथा राति वर्षाको सम्भावना

नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण दिउँसो र राति पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बिहान प्रदेश १ र मधेस प्रदेशका एक–दुई स्थानमा वर्षा भएको छ।

नेपालभ्युज

आजको मौसम- विभिन्न स्थानमा दिउँसो तथा राति वर्षाको सम्भावना

काठमाडौ। नेपालमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण दिउँसो र राति पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बिहान प्रदेश १ र मधेस प्रदेशका एक–दुई स्थानमा वर्षा भएको छ।

दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

शुक्रबार पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। राति प्रदेश १ का थोरै स्थान र अन्य पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved