बुडापेस्ट। रुस र युक्रेन बीचको द्वन्द्वले असर पारेको भन्दै हंगेरीमा संकटकाल घोषणा गरिएको छ। नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले मंगलबार नयाँ सरकार गठनसँगै संकटकाल घोषणा गरेका हुन्।
उनले घोषणा गरेको आदेश यही मे २४ को मध्यरातदेखि लागू हुने घोषणामा उल्लेख गरिएको छ। संकटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित हुने पनि उनले जानकारी दिए।
रुस र युक्रेन बीचको द्वन्द्व निरन्तर चलिरहेकाले संकटकाल घोषणा गर्नु परेको प्रधानमन्त्री अर्वानको भनाइ छ। दुई देशको द्वन्द्वका कारण आर्थिक संकट बढ्दै गएकाले आर्थिक संकट न्यूनीकरणका लागि संकटकालले सहयोग गर्ने हगेरी सरकारले आशा छ।
ती देशको द्वन्द्वका कारण विश्वका अरू पनि धेरै देशमा आर्थिक संकट उत्पन्न हुनुका साथै अभाव र महँगी सिर्जना भएको छ।
Facebook Comment
Comment