रूसले लगायो बेलायतका १५४ सांसदमाथि प्रतिबन्ध

रूस-युक्रेन युद्धको समयमा रूसको विरुद्धमा खुलेर उभिएको भन्दै रूसले ती सांसदहरुमाथि रूस प्रवेशमा प्रतिबन्ध लगाएको हो।

नेपालभ्युज

रूसले लगायो बेलायतका १५४ सांसदमाथि प्रतिबन्ध
राष्ट्रपति भ्लादिमिर पुटिन

एजेन्सी। रूसले बेलायतका १५४ सांसदलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ। रूसी विदेश मन्त्रालयले मंगलबार प्रतिबन्धको बारेमा जानकारी दिएको हो।

रूस–युक्रेन युद्धको समयमा रूसको विरुद्धमा खुलेर उभिएको भन्दै रूसले ती सांसदहरुमाथि रूस प्रवेशमा प्रतिबन्ध लगाएको हो।

गत फेब्रुअरीदेखि शुरु भएको रूस र युक्रेनबीचको द्वन्द्वलाई लिएर रूसले युक्रेनमाथि आक्रमण गरेको भन्दै पश्चिमा राष्ट्रहरुले रूसमाथि विभिन्न प्रतिबन्धहरु लगाएका छन्।

केही देशहरु मौन रहे पनि अमेरिकासहित युरोपका अधिकांश राष्ट्रले रूसी कदमको विरोध गरेका छन्। रूसी आक्रमणका क्रममा युक्रेनमा ठूलो जनधनको क्षति भएको बताइएको छ।

संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायहरूले भने तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट विवाद समाधान गर्न रूसलाई आग्रह गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved