१४ भन्दा बढी देशमा देखिएको मंकिपक्सबाट सचेत रहन एनआरएनएको आग्रह

गैरआवासीय नेपाली संघको विश्व स्वास्थ्य समितिले मंकिपक्सको सम्भावित फैलावटबारे विश्वभरका नेपालीलाई सचेत गराएको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै विशेष गरी पश्चिमी युरोपमा रहेका नेपालीलाई मंकिपक्स भाइरल सङ्क्रमणबाट बच्न सतर्क रहन सुझाव दिइएको हो।

नेपालभ्युज

१४ भन्दा बढी देशमा देखिएको मंकिपक्सबाट सचेत रहन एनआरएनएको आग्रह
सांकेतिक तस्वीर ।

काठमाडौं। गैरआवासीय नेपाली संघको विश्व स्वास्थ्य समितिले मंकिपक्सको सम्भावित फैलावटबारे विश्वभरका नेपालीलाई सचेत गराएको छ। एक प्रेस विज्ञप्ति जारी गर्दै विशेष गरी पश्चिमी युरोपमा रहेका नेपालीलाई मंकिपक्स भाइरल सङ्क्रमणबाट बच्न सतर्क रहन सुझाव दिइएको हो।

विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाका अनुसार पश्चिम युरोपका मात्र नभएर अस्ट्रेलिया, संयुक्त राज्य अमेरिकाकालगायत १४ भन्दा बढी देशका नागरिकमा मन्किपक्सका संक्रमित भेटिएको छ। पश्चिम युरोप र बेलायतमा सबैभन्दा धेरै केसहरू भेटिएका छन्।

पोर्चुगल, स्वीडेन, नेदरल्याण्ड्स, अस्ट्रिया, बेल्जियममा पनि सङ्क्रमितहरू भेटिएका छन्। डा सापकोटाले मंकिपक्सको लक्षण ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान देखिने बताए। ज्वरो देखा परेको १ देखि ३ दिनभित्र रोगीको छालामा रेसा देखा पर्दछ, रेसा प्रायः अनुहारबाट शुरू हुन्छ र त्यसपछि शरीरका अन्य भागहरूमा फैलिँदै जान्छ। त्यसपछि रेसाहरू पानी भरिएको फोकामा परिणत हुन्छन्।

मंकिपक्सको इन्क्युबेशन अवधि सामान्यतया ७ – १४ दिन हुन्छ। मंकिपक्सको लागि अहिलेसम्म कुनै विशेष उपचार छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved