खोरेत रोगको प्रकोप, एकै गाउँमा २० पशु मरे

नेपालभ्युज

खोरेत रोगको प्रकोप, एकै गाउँमा २० पशु मरे

बैतडी । पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ। नगरपालिका–५ वसन्तपुरका किसानहरूले पालेका गाई, गोरु, भैँसी, बाख्रालगायतका पशुहरूमा खोरेत रोगको प्रकोप देखिएको हो।

खोरेत रोगबाट धमाधम पशुहरू मर्ने गरेका छन्। पछिल्लो दुई हप्ताको अवधिमा यहाँ २० वटा पशु मरेको र २५० भन्दा बढी पशुमा सङ्क्रमण देखिएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताए।

नगरपालिकाका पशु प्राविधिकसहितको टोली पाटन–५ का टोलहरूमा खटिएका छन्। तीन सय खोपसहित तीनजना पशु सेवा प्राविधिकहरूलाई गाउँमा खटाइएको हो। खुट्टामा घाउ हुने, खुरमा घाउ हुने, हिँड्न नसक्ने, जिब्रोमा समेत असर गरी पशुहरू मर्ने गरेको पाइएको छ।

घरपालुवा जनावरमा खोरेत देखिएपछि किसानहरू चिन्तित भएका वडाध्यक्ष फुनी सिंह बोहराले जानकारी दिनुभयो। मकै लगाउने, रोपाइँ गर्ने समयमा गोरुहरूमा पनि खोरेत देखिएपछि खेत जोत्न मुस्किल भएको स्थानीय किसानहरूले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved