काठमाडौं महानगरमा ४४ हजार मत गन्न बाँकी, बालेन ५० हजार मत नजिक

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतअन्तरसहित अग्रता कायमै राखेका छन्।

नेपालभ्युज

काठमाडौं महानगरमा ४४ हजार मत गन्न बाँकी, बालेन ५० हजार मत नजिक

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतअन्तरसहित अग्रता कायमै राखेका छन्।

उनी दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १८ हजार ८९७ मतले अगाडि छन्।

बिहान साढे ६ बजेसम्मको अपडेटअनुसार बालेनले ४८ हजार ९२२ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेकी सिंहले ३० हजार २५ मत प्राप्त गरेकी छन्।

यस्तै, एमालेका केशव स्थापित २९ हजार १५९ मतसहित तेस्रो स्थानमा रहेका छन्।
अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७ हजार ६५४ मत प्राप्त गरेका छन्।

अब ४४ हजार ७१७ मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved