‘बलात्कारीलाई कारबाही’ काे कानून संशोधन चालू अधिवेशनमै

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा मन्त्री रेग्मीले आफ्नो पहल सफल नभए दबाबका लागि सबै महिलाको सहयोग माग्ने बताइन्।

नेपालभ्युज

‘बलात्कारीलाई कारबाही’ काे कानून संशोधन चालू अधिवेशनमै

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बलात्कार गर्नेलाई कानूनी कारबाहीकाे प्रक्रियामा ल्याउन कानून संशोधन गर्न चालू अधिवेशनमा सरकारी विधेयक संसद्मा पेस गर्न पहल गर्ने प्रतिबद्धता जनाएकी छिन्।

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा मन्त्री रेग्मीले आफ्नो पहल सफल नभए दबाबका लागि सबै महिलाको सहयोग माग्ने बताइन्। ‘यौन हिंसा/दुर्व्यवहारसम्बन्धी विद्यमान हदम्यादको व्यवस्था’ छलफल सम्बन्धी समितिमा भएको बैठकमा मन्त्री रेग्मीले बलात्कारका विषयमा उजुरी गर्न हदम्याद राख्न नहुने बताइन्।

“यस विषयमा छलफल गर्न आजै मन्त्रालयमा बैठक डाकेकी छु। मन्त्रालयमा छलफल गरी कानून मन्त्रालय एवं सरोकार भएका निकायको रायसुझावका आधारमा कानून संशोधनको प्रक्रिया अघि बढ्छ”, उनले भनिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved