बर्खास्त भए डर्टमन्डका मुख्य प्रशिक्षक मार्को रोस

३४ खेलमा २२ खेल जितेको डर्टमन्ड यस सिजन ६९ अंकसहित लिगमा दोस्रो स्थानमा रहेको छ।

नेपालभ्युज

बर्खास्त भए डर्टमन्डका मुख्य प्रशिक्षक मार्को रोस

काठमाडौं। बुन्डेसलिगा टेबलमा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डले आफ्ना मुख्य प्रशिक्षक मार्को रोसलाई बर्खास्त गरेको छ।

जर्मन क्लब डर्टमन्डले शुक्रबार मुख्य प्रशिक्षक मार्कोलाई बर्खास्त गरेको हो गत सिजनमात्रै क्लबमा आएका ४५ वर्षीय मार्को दोस्रो सिजनमै बर्खास्त भएका हुन्।

३४ खेलमा २२ खेल जितेको डर्टमन्ड यस सिजन ६९ अंकसहित लिगमा दोस्रो स्थानमा रहेको छ।

समान खेलमा ७७ अंकसहित बायर्न म्युनिख पहिलो स्थानमा छ। उसले यसअघि नै जारी सिजनको लिग जितिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved