वसन्त लामा र नारायणदत्त पौडेल एआईजीमा बढुवा

नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्।

नेपालभ्युज

वसन्त लामा र नारायणदत्त पौडेल एआईजीमा बढुवा

काठमाडौं। नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन्।

शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो।

२१ वैशाखमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

सो सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरेको छ। सशस्त्रमा एआईजीको दुईवटा पद खाली भए पनि समितिले पौडेललाई मात्रै सिफारिस गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved