हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा गठबन्धनलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी

कांग्रेससँग असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका प्यारीलाललाई नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेका थिए।

नेपालभ्युज

हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा गठबन्धनलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी

सुर्खेत। हुम्लाको चंखेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका प्यारीलाल शाही अध्यक्षमा निर्वाचित भएका हुन्।

कांग्रेसबाट उम्मेदवार आंकाक्षी रहेका शाहीलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए। यहाँ कांग्रेस र माओवादीको गठबन्धन रहेको थियो।

प्यारीलालले माओवादी केन्द्रका उम्मेदवार गोविन्दबहादुर शाहीलाई ५२३ मतातन्तरले पराजित गरेका हुन्।

स्वतन्त्र उम्मेदवार प्यारीलालले १ हजार ६९५ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी माओवादीका गोविन्द बहादुर शाहीले १ हजार १७१ मत पाए।

कांग्रेससँग असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका प्यारीलाललाई नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेका थिए।

उपाध्यक्षमा भने एकीकृत समाजवादीकी प्रेमकला शाही विजयी भएकी छन्। उनले १ हजार ३७२ मत ल्याइन् भने कांग्रेसकी मैना बुढाले १ हजार १७३ मत पाइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved