६१७ पालिकाको अन्तिम परिणाम, २७३ तहमा कांग्रेस आउँदा १७१ मा खुम्चियो एमाले

स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहान साडे ६ बजेसम्म ७५३ स्थानीय तहमध्ये ६१७ पालिकाको अन्तिम परिणाम आएको छ। उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६१७ स्थानको अन्तिम नतिजा आएको हो। अधिकांश उपमहानगर र सबै महानगरको परिणाम आउन बाँकी छ।

नेपालभ्युज

६१७ पालिकाको अन्तिम परिणाम, २७३ तहमा कांग्रेस आउँदा १७१ मा खुम्चियो एमाले

काठमाडौं। स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहान साडे ६ बजेसम्म ७५३ स्थानीय तहमध्ये ६१७ पालिकाको अन्तिम परिणाम आएको छ। उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६१७ स्थानको अन्तिम नतिजा आएको हो। अधिकांश उपमहानगर र सबै महानगरको परिणाम आउन बाँकी छ।

हालसम्मको परिणाम अनुसार २७३ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा कायमै छ। जारी मतगणनामा लिएको अग्रता हेर्ने हो भने २०७४ को स्थानीय तथा प्रदेश प्रतिनिधिसभा निर्वाचनमा दोस्रो ठूलो भएको कांग्रेस पहिलो हुने अवस्थामा छ।

दोस्रोमा रहेको नेकपा एमालेले १७१ मा झरेको छ। एमाले २०७४ को स्थानीय तथा प्रदेश प्रतिनिधिसभा निर्वाचनमा पहिलो ठूलो दल हो। तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले १ सय ११ स्थान जितेका छन्। उसले पनि आफ्नो तेस्रो स्थान सुरक्षित नै राखेको छ।

यस्तै जनता समाजवादी पार्टीले १८ स्थान जित्दा नेकपा (एकीकृत समाजवादी) ले १४ मा जितेको छ। लोकतान्त्रिक समाजवादी पार्टीले ७ स्थानमा प्रमुख पद जितेका छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टीसहित स्वतन्त्रतर्फका उम्मेदवारले २३ ठाउँमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

उपप्रमुखतर्फ कांग्रेसले २५० जित्दा एमालेले १९२ स्थानमा जितेको छ। यता माओवादी केन्द्रले ११६ र एकीकृत समाजवादी २० स्थानमा जितेको छ। जसपा १७, लोसपा ७ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ ठाउँमा उपप्रमुख जितेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved