काठमाडौंलगायतका धेरै ठाउँमा बिहानैदेखि वर्षा

नेपालभ्युज

काठमाडौंलगायतका धेरै ठाउँमा बिहानैदेखि वर्षा

काठमाडौं। शुक्रवार बिहानैदेखि काठमाडौं उपत्यकालगायतका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम विभागका अनुसार नेपालमा चलिरहेको स्थानीय वायु र भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको समेत प्रभावले वर्षा भइरहेको हो।

अहिले प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदलीको अवस्था  रहेको विभागले जनाएको छ। आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली  रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र  अन्य प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा  मेघ गर्जन \ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन \चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आगामी २४ घन्टामा प्रदेश १, मधेश  प्रदेश, बागमती  प्रदेश, गण्डकी  प्रदेशमा र  अन्य प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा  मेघ गर्जन \ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेकोले आवश्यक  सतर्कता अपनाउन विभागले अपिल समेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved