अवैध सुनसहित झापाबाट एक युवक पक्राउ

दमक नगरपालिका–२ बस्ने कैलाली जानकी गाउँपालिका–५ का ३३ वर्षीय धिरेन्द्र जैसी अवैध सुनसहित पक्राउ परेका हुन्।

नेपालभ्युज

अवैध सुनसहित झापाबाट एक युवक पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। अवैध सुनसहित कैलालीका एक युवक पक्राउ परेका छन्।

दमक नगरपालिका–२ बस्ने कैलाली जानकी गाउँपालिका–५ का ३३ वर्षीय धिरेन्द्र जैसी अवैध सुनसहित पक्राउ परेका हुन्।

मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल अगाडि सडकमा चेकजाँचका क्रममा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले भारतबाट पैदल आउँदै गरेका जैसीको साथबाट तीन सय ४९ ग्राम ७ सय मिलिग्राम सुन बरामद गरेको हो।

उनलाई बुधबार दिउँसो पक्राउ गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय झापामा बुझाइएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved