भरतपुर अपडेट : करिब २२ सय मतान्तरले रेनु अगाडि

नेपालभ्युज

भरतपुर अपडेट : करिब २२ सय मतान्तरले रेनु अगाडि

भरतपुर । भरतपुर महानगरपालिकामा मेयर उम्मेदवार रेनु दाहालले अग्रता झनै बढाउँदै लगेकी छन्।

सत्ता गठबन्धनकी साझा उम्मेदवार दाहालले नेकपा एमालेका आफ्ना प्रतिस्पर्धी विजय सुवेदीलाई २१९८ मतान्तले पछाडि छाडेकी हुन्।

दाहालले ११७१६ मत प्राप्त गर्दा सुवेदीले ९५१८ मत प्राप्त गरेका हुन्। यस्तै मेयर पदका अर्का प्रतिस्पर्धी जगन्नाथ पौडेलले ५ हजार १ सय ४७ मत प्राप्त गरेका छन्। पौडेल नेपाली कांग्रेसबाट निष्काशित स्वतन्त्र उम्मेदवार हुन्।

भरतपुरका २९ वडामध्ये ६ ओटा वडाको मतगणना सकिएको छ भने अहिले ७ नं. वडाको मतगणना हुँदैछ। ६ वडामध्ये ३ नम्बर वडाध्यक्ष एमालेले जित्दा अन्य वडामा गठबन्धनबाट कांग्रेस उम्मेदवार विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved