मतगणना भइरहेको ठाउँमा स्वस्तिक छाप फेला परेपछि गोदावरीमा रोकियो गणना

मतगणना भइरहेको ठाउँमा स्वस्तिक छाप फेला परेपछि नेकपा एमालेका प्रतिनिधिहरुले विरोध गरेका हुन्।

नेपालभ्युज

मतगणना भइरहेको ठाउँमा स्वस्तिक छाप फेला परेपछि गोदावरीमा रोकियो गणना

धनगढी। कैलालीको गोदावरी नगरपालिकाको मतगणना रोकिएको छ। मतगणना भइरहेको ठाउँमा स्वस्तिक छाप फेला परेपछि गणना रोकिएको हो।

मतगणना भइरहेको ठाउँमा स्वस्तिक छाप फेला परेपछि नेकपा एमालेका प्रतिनिधिहरुले विरोध गरेका हुन्।

मत परिणामको तथ्यांक रूजु गर्ने कोठामा स्वस्तिक छाप फेला परेपछि एमालेले विरोध गर्दा अहिले मतगणना रोकिएको छ।

गोदावरी नगरपालिकामा अहिले सर्वदलीय बैठक बसिरहेको छ। मतगणना भइरहेको ठाउँमा स्वस्तिक छाप कसरी आयो भन्ने विषयमा जानकारी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved