मतपत्रमा हस्ताक्षर नभेटिएपछि ललितपुरका दुई मतदान अधिकृतलाई कारबाही गर्न सिफारिस

नेपालभ्युज

मतपत्रमा हस्ताक्षर नभेटिएपछि ललितपुरका दुई मतदान अधिकृतलाई कारबाही गर्न सिफारिस

काठमाडौं। मतपत्रमा हस्ताक्षर नगरेको पाइएपछि ललितपुरका दुई मतदान अधिकृतलाई काराबाही गर्न सिफारिस गरिएको छ।

महालक्ष्मी नगरपालिका-१० स्थित कालदेवी मावि मतदान केन्द्रमा खटिएका दुई जना मतदान अधिकृतलाई कारबाही गर्न सिफारिस गरिएको हो।

४२ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि सम्बन्धित निर्वाचन केन्द्रका अधिकृतलाई कारबाही गर्न सिफारिस गरिएकाे महालक्ष्मीकी मुख्य निर्वाचन अधिकृत शारदा फुयालले जानकारी दिइन्। हस्ताक्षर नभएको मतपत्र बदर गरिएकाे छ।

आइतबार वडा- १० को मतगणना गर्ने क्रममा ४२ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएकाे थियाे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved