बझाङ। बझाङको बित्थडचिर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ।
कांग्रेसबाट अध्यक्षका उम्मेदवार अम्मर सिंह महरले तीन हजार १५९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका लोकेन्द्र बोहराले दुई हजार ६ सय मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उपाध्यक्षमा पनि कांग्रेसकै धनलक्ष्मी कुमार सिंह (मल्ल) विजयी भएकी छिन्। दुई हजार ९४९ मतसहित उनी उपाध्यक्षमा निर्वाचित हुँदा उनकी प्रतिद्वन्द्वी एमालेकी जयन्ती भण्डारीले दुई हजार १४८ मत प्राप्त गरिन्।
बित्थडचिर गाउँपालिकामा कांग्रेसले पाँच वडा, एमालेले ३ वडा र समाजवादीले एक वडामा जित हासिल गरेको छ।
Facebook Comment
Comment