बुथ कब्जा रोक्न खोज्दा सरकार नै गुण्डागर्दीमा उत्रियो – एमाले महासचिव पोखरेल

नेपालभ्युज

बुथ कब्जा रोक्न खोज्दा सरकार नै गुण्डागर्दीमा उत्रियो – एमाले महासचिव पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई समाप्त पार्ने पाँच दलीय गठबन्धनको मोर्चाबन्दीलाई असफल बनाउन एमाले सफल भएको बताएका छन्।

मदन–आश्रित स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अपेक्षा गरेअनुसार परिणाम प्राप्त हुन नसके पनि एमालेको जनमत एक ठाउँमा संगठित भएको र पाँच दलीय गठबन्धन जनमतको हिसाबले तल परेको दाबी गरे।

सेटिङ र धाँधलीका घटनाहरूको बारेमा निरन्तर एमालेले खबरदारी गर्दागर्दै पनि धेरै ठाउँमा धाँधली तथा कब्जा रोक्न नसकिएको र सरकारले शक्तिको दुरुपयोग गरेको पनि महासचिव पोखरेलले बताए।

उनले चुनावअघि नै कर्मचारी हेरफेर गर्ने र परिणाम प्रभावित गर्ने काम सरकारले गरेको पनि जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved