रोल्पाका दुई पालिकामा कांग्रेस विजयी

नेपालभ्युज

रोल्पाका दुई पालिकामा कांग्रेस विजयी

रोल्पा। रोल्पामा दुई गाउँपालिकामा नेपाली कांग्रेस भएका छन्। रुन्टिगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार जनक पुन निर्वाचित भएका हुन्।

जनकले नेकपा माओवादीका उम्मेदवार गोबिन्द पुन भन्दा ६८३ मत बढी ल्याएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकी सरिता केसी विजयी भएकी छन् ।
गङगादेब गाउँपालिकामा पनि कांग्रेसकै उम्मेदवार हरि पुन अध्यक्षमा र अमृता केसी उपाध्यक्षमा निर्वाचित भएका छन्। हरिले एमालेका उम्मेदवार रोशन कुमार वलिभन्दा ४९ मत बढी ल्याएका छन्। हालसम्म कांग्रेसले रोल्पामा २ पालिका अध्यक्ष र उपाध्यक्षसहित १४ वटा वडामा जित हासिल गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved