गठबन्धन हराउँदै ताप्लेजुङको आठराई त्रिवेणीमा एमालेले जित्यो अध्यक्ष र उपाध्यक्ष

नेपालभ्युज

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिकामा गठबन्धनलाई हराउँदै नेकपा एमालेले जित दर्ता गरेको छ। एमालेका दिपेन पुन निर्वाचित भएका हुन्।

उनले सत्ता गठबन्धनबाट उठेका कांग्रेसका विश्वनाथ सिटौलालाई पन्छाए। पुनले ३ हजार ३६ मत पाए भने सिटौलाले २ हजार ५ सय २६ मत ल्याए।

त्यसैगरी उपप्रुमखमा पनि एमालेकै शान्ता आङ्बुहाङले २ हजार ८१९ मत प्राप्त गर्दै जित हासिल गरिन्। आङ्बुहाङले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका प्रजिन हाङ्बाङलाई हराइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved