पाल्पाको निस्दी गाउँपालिकामा गठबन्धनविरुद्ध एमालेको ‘क्लिन स्वीप’

नेपालभ्युज

पाल्पाको निस्दी गाउँपालिकामा गठबन्धनविरुद्ध एमालेको ‘क्लिन स्वीप’

काठमाडौं। पाल्पाको निस्दी गाउँपालिकामा नेकपा (एमाले) ले ‘क्लिन स्वीप’ गरेको छ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सात वटै वडामा नेकपा एमालेकाे प्यानलै विजयी भएको छ।

एमालेका मुक्त बहादुर सारु ६ हजार ६ सय ५२ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा दाेहाेरिएका छन्। सारुका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका गोविन्द प्रसाद अर्यालले तीन हजार ४६६ मत पाए।

उपाध्यक्षमा एमालेकी तिरण कुमारी श्रेष्ठ ६ हजार ६३८ मतसहित निर्वाचित हुँदा उनको प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम प्रसाद खत्रीले ८३० मत प्राप्त गरेका छन्।

गाउँपालिकाको वडा नं १ मा यम बहादुर राना, २ मा फत्तेसिं दर्लामी, ३ मा नविन्द्र सोती, वडा ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गा बहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र वडा नं ७ मा मुक्त बहादुर पाटाको प्यानलै विजयी भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved