काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा भगवान् श्रीरामको भव्य मन्दिर बनिरहेको र यसमा नेपालीहरू पनि उत्साही भएको बताएका छन्। बुद्ध जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आएका उनले नेपाली जनतामा भारतमा बनिरहेको राम मन्दिरले नेपालीहरू उत्तिकै खुशी भएको बताए।
उनले नेपालबिना राम पनि अधुरो भएको बताए। उनले भने, ‘‘नेपाल बिना हाम्रो राम पनि अधुरो छन्।’’
मायादेवी मन्दिरको दर्शन आफ्ना लागि अवस्मरणीय भएको बताउँदै बुद्धको सन्देश विश्वभर पुर्याउन बताए। बुद्ध बोध, सोध, विचार र संस्कार भएको र उनले महान् वैभवशाली राज्य त्यागेर केवल उपदेश नदिएर मानवताको ज्ञानको अनुभूति पनि दिएकाले बुद्ध महान् भएको उनको भनाइ थियो।
प्राप्ती भन्दा बढी महत्व त्यागको हुने महशुस गराएकाले बुद्धको सन्देश विश्वमा पुर्याउन भारतले सहयोग गर्ने उनको भनाइ थियो।
Facebook Comment
Comment