मेरिङदेन गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

युकहाङवीर हाङ्गामले नेकपा (एमाले) का केदारजंग जोङवाङलाई ९९ मतान्तरले पराजित गरेका हुन्।

नेपालभ्युज

मेरिङदेन गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

फुङ्लिङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट युकहाङवीर हाङ्गाम (डम्बर) विजयी भएका छन्।

उनले दुई हजार ८६९ मत प्राप्त गरी नेकपा (एमाले) का केदारजंग जोङवाङलाई ९९ मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा दुई हजार ५९८ मतले नेकपा (एकीकृत समाजवादी)का दुर्गाप्रसाद चोङबाङ विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पाले एक हजार ६५७ मत प्राप्त गरेका थिए।

मेरिङदेनको छ वडामध्ये १, २, ५ र ६ मा एमालेले जित हासिल गरेकोे छ भने ४ नं मा कांग्रेस र ३ नं मा गठबन्ध दलका उम्मेदवारले विजयी हासिल गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved