रुकुमपश्चिमको सानीभेरी गाउँपालिकामा माओवादीको जित

रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विर्खबहादुर विष्ट विजयी भएका छन्।

नेपालभ्युज

रुकुमपश्चिमको सानीभेरी गाउँपालिकामा माओवादीको जित

सुर्खेत। रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विर्खबहादुर विष्ट विजयी भएका छन्।

उनले ६ हजार १९ प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखप्रसाद चन्दले ४ हजार ३ सय २० मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा पनि माओवादीले नै जित हासिल गरेकाे छ। माओवादीकी कमला रोकाले पाँच हजार ९५८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खड्काले तीन हजार चार सय ४२ मत प्राप्त गरे।

११ वडा रहेको सानीभेरी गाउँपालिकामा ९ वटा वडा माओवादी केन्द्र र २ वटा वडा नेपाली कांग्रेसले जितेकाे छ। सानीभेरी गाउँपालिकामा माओवादी केन्द्र एक्लै चुनावी मैदानमा रहेको थियो भने एमाले र कांग्रेसको गठबन्धन रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved