कालिकोटका खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

कालिकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्। एकीकृत(समाजवादी)बाट टिकट नपाएका कमलबहादुर शाहीले हाँस चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

नेपालभ्युज

कालिकोटका खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

सुर्खेत। कालिकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्। एकीकृत(समाजवादी)बाट टिकट नपाएका कमलबहादुर शाहीले हाँस चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

खाडाँचक्र नगरपालिकामाको वडा नं.१,२,३,४,५,६ र ७ वडाको मतपरिणाम सार्वजनिक हुँदा नगरपालिकाको प्रमुखमा शाहीले १ हजार ८७१ एमालेका प्रमुख पदका उम्मेदवार जसीप्रसाद पाण्डेले १ हजार ७४३ नेपाली कांग्रेसका तारा शाहीले १३६९ मत ल्याएकी छन्।

वडा अध्यक्षमा १,४,५,६ र ७ मा माओवादी केन्द्र २ नं. वडा कांग्रेस र ३ नं. वडामा एमालेका उम्मेदवार विजयी भएका छन्। ११ वडा रहेको खाँडाचक्र नगरपालिकामा वडा नं.८,९,१०, र ११ को मत गणना गर्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved