कनकासुन्दरी गाउँपालिकामा दलित समुदायले उठाएका चार स्वतन्त्र उम्मेदवार विजयी

नेपालभ्युज

कनकासुन्दरी गाउँपालिकामा दलित समुदायले उठाएका चार स्वतन्त्र उम्मेदवार विजयी

जुम्ला ।  जुम्लाको कनकासुन्दरी गाउँपालिकाको वडानम्बर ८ मा दलित समुदायले उठाएका वडाध्यक्षमा धनबहादुर कामीसहित उनको नेतृत्वमा रहेका गोल दमाई, कर्णजीत सार्की र चनाखी कुलाल विजयी भएका हुन्।

धनबहादुरले २८८ मत प्राप्त गर्दै वडाध्यक्ष जित्दा उनको प्रतिस्पर्धि कांग्रेसका कप्तानबहादुर शाहीले २२० मत पाए। वडाको दलित समुदायले स्वतन्त्र उम्मेदवारका रूपमा कामीको नेतृत्वमा पाँचजनालाई उठाएका थिए। महिला सदस्यमा भने नेपाली कांग्रेसकी रामुदेवी काफ्ले विजयी भएकी हुन्।

वडा सदस्यमा स्वतन्त्र समूहबाट गोल दमाई र कर्णजित सार्की विजयी भए भने चनाखी कुलालले दलित महिला वडा सदस्यमा चुनाव जितिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved