जितको खबर सुन्नै नपाई अस्ताए वडा सदस्यमा विजयी मगर

धनकुटाको चौबिसे गाउँपालिका २ को वडा सदस्यमा पुनः विजयी बनेका अटलबहादुर सूर्जे मगरले आफ्नै जितको खबर सुन्न नपाई ज्यान गुमाएका छन्। मतगणना स्थलमा जितको घोषणा हुँदैगर्दा ५२ वर्षीय मगरको ज्यान गएको हो।

नेपालभ्युज

जितको खबर सुन्नै नपाई अस्ताए वडा सदस्यमा विजयी मगर

धनकुटा। धनकुटाको चौबिसे गाउँपालिका २ को वडा सदस्यमा पुनः विजयी बनेका अटलबहादुर सूर्जे मगरले आफ्नै जितको खबर सुन्न नपाई ज्यान गुमाएका छन्। मतगणना स्थलमा जितको घोषणा हुँदैगर्दा ५२ वर्षीय मगरको ज्यान गएको हो।

मतगणना स्थलमा जितको घोषणा हुँदैगर्दा मगर भने अस्पतालमा मृत्युसँग लडिरहेका थिए।  शनिबार साँझ ६ बजेतिर मतागणनास्थलमै अचानक स्वास्थ्य समस्या आएपछि उपचारका लागि धरान लगिएको थियो। त्यहाँ आइसियु खाली नभएपछि विराटनगरको नोबेल अस्पतालमा र्पुर्‍याएपछि राति एक बजे उनलाई चिकित्सकले मृत घोषणा गरे छोरा मदनले बताए।

यसअघि पनि एमालेबाट वडा सदस्य निर्वाचित भइसकेका मगरले यस पटक पनि ७९२ मत सहित जित दर्ता गरेका थिए।
मधुमेह र उच्च रक्तचापका बिरामी मगरको गए राति मृत्यु भएको अस्पतालले जनाइएको छ। जितको खबर भने सुन्नै नपाई मगरको उनको निधन भएको परिवार स्रोतले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved