सल्यानको शारदामा निर्वाचित भइन् कर्णालीको दोस्रो महिला वडाध्यक्ष

शारदा नगरपालिका वडा नम्बर ३ मा ईश्वरी भण्डारी वडाध्यक्षमा निर्वाचित भएकी छन्।

नेपालभ्युज

सल्यानको शारदामा निर्वाचित भइन् कर्णालीको दोस्रो महिला वडाध्यक्ष

सुर्खेत। सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ मा ईश्वरी भण्डारी वडाध्यक्षमा निर्वाचित भएकी छन्। उनी कर्णालीमा निर्वाचित दोस्रो महिला वडाध्यक्ष हुन्।

यसअघि, हुम्लाको खार्पुनाथ गाउँपालिका–४ मा रंगमति शाही निर्विरोध वडाध्यक्ष निर्वाचित भएकी थिइन्।

हुम्लाको खार्पुनाथ गाउँपालिका–४ निर्विरोध निर्वाचित हुने शाही र सल्यानको शारदा नगरपालिका ३ बाट वडाध्यक्षमा निर्वाचित भण्डारी नेपाली कांग्रेसका उम्मेदवार हुन्।

भण्डारीले १९७ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी एकीकृत समाजवादीका सूर्यकुमार भण्डारीले १२१ मत ल्याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved