धुलिखेल नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

नेपालभ्युज

धुलिखेल नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

काठमाडौं। काभ्रेको धुलिखेल नगरपालिका वडा नं १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सन्त बहादुर तामाङ विजयी भएका छन्।

निर्वाचन कार्यालय धुलिखेलले सार्वजनिक गरेको मतपरिणाम अनुसार उनी वडाध्यक्षमा विजयी भएका हुन्। उनले पाँचसय ५३ मत प्राप्त गर्दा एमालेका बाबु तामाङले ४ सय ६७ मत प्राप्त गरे।

एमालेका बाबुलाई १ सय ६ मतले पछाडि पार्दै तामाङले जित हासिल गरेका हुन्। कुल १ हजार ६ सय १ मतदाता रहेकोमा एक हजार २ सय ६९ मत खसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved