यूएईका राष्ट्रप्रमुख शेख खालिफाको निधन

नेपालभ्युज

यूएईका राष्ट्रप्रमुख शेख खालिफाको निधन

एजेन्सी। संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रप्रमुख शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ। ७३ वर्षको उमेरमा आज खालिफाको निधन भएको हो।

१८ वर्षदेखि यूएईको नेतृत्व गरेका शेख लामो समयदेखि अस्वस्थ थिए। अस्वस्थताका कारण उनी लामो समयदेखि कामकाजमा सक्रिय थिएनन्।

शेखको निधनपछि राष्ट्रप्रमुखको कार्यालयले राष्ट्रिय झण्डा आधा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ। यसैगरी संघीय, स्थानीय, सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा गरिएको यूएईको न्यूज एजेन्सी डब्लूएएमले जनाएको छ।

शेखको निधनपछि राष्ट्रप्रमुखको कार्यकारी भूमिकामा को रहन्छ भन्नेबारे अहिलेसम्म कुनै औपचारिक घोषणा गरिएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved