हुम्लाको चंखेलीमा झडप, मतदान अधिकृत घाइते, ८ राउन्ड अश्रु ग्याँस प्रहार

नेपालभ्युज

हुम्लाको चंखेलीमा झडप, मतदान अधिकृत घाइते, ८ राउन्ड अश्रु ग्याँस प्रहार
हुम्ला (फाइल फोटो)

सुर्खेत। हुम्लाको चंखेली गाउँपालिकाको एक मतदान केन्द्रमा झडप भएको छ। चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा गठबन्धन दल र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप भएको हो।

झडपमा परि मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत, र अर्का स्थानीय घाइते भएका छन्।
झपडले उग्र रूपमा लिएपछि सशस्त्र प्रहरीले ८ राउन्ड अश्रु ग्याँस प्रहार गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्।

अहिले मतदान केही समयमा स्थगित गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved