बारा र पर्सामा सुरक्षा व्यवस्था कडा

नेपालभ्युज

बारा र पर्सामा सुरक्षा व्यवस्था कडा
फाइल फोटो

जनकपुरधाम। स्थानीय तह निर्वाचन सुरक्षाका लागि बारा र पर्साको नेपाल भारतीय सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सरकारले मङ्गलवार रातिदेखि ७२ घण्टाका लागि सीमा क्षेत्रमा आवागमन निषेध गरिएको छ।

मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको छ। सीमा नाका बन्दबारे जानकारी नपाएका कारण नेपाल आउन खोजेका भारतीय नागरिकलाई बुधवार सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले फिर्ता पठाइदिएका छन् भने नेपाली नागरिकको हकमा परिचय पत्र देखाएपछि आउन दिइएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

बारामा ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई नै परिचय पत्र देखाएपछि सत्य हो वा होइन यकिन गरेर गाडी आउन जान दिन सक्ने अधिकार दिइएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

सीमा बन्दलाई प्रभावकारी बनाउन सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूको गस्ती, पट्रोलिङ, चेकजाँच, छड्के चेकजाँच समेत भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved